२५ असार २०८२, बुधबार
Follow Us

इरानले भन्यो-‘युद्धविरामको कुनै सम्झौता भएको छैन’

नेपालब्रिटेन संवाददाता
१० असार २०८२, मंगलवार ०६:११

काठमाडौँ । इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम युद्धविराम सम्झौता नभएको बताएका छन्। अराघचीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने कुनै सहमति नभएको बताएका हुन्।

अराघचीले भनेका छन् ‘इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, अहिलेसम्म, कुनै पनि युद्ध विराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै सहमति भएको छैन। यदि इजरायली शासनले तेहरान समयको बिहान ४ बजे भन्दा पहिले इरानी जनता विरुद्धको आफ्नो गैर कानुनी आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया जारी राख्ने हाम्रो कुनै इरादा छैन। हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान इरान र इजरायलबीच युद्ध विरामको दाबी गरेका थिए। उनले दुवै देश युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन्।

धेरै पढिएको