२५ असार २०८२, बुधबार
Follow Us

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

नेपालब्रिटेन संवाददाता
१२ असार २०८२, बिहीबार ०५:५२

काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनतामा समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ ।

अहिलेको राष्ट्रिय सभामा माओवादीको संख्या १८, नेपाली कांग्रेस १६, एकीकृत समाजवादी ८, जसपा नेपाल ३, जनमोर्चा १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र एक जना स्वतन्त्र छन् । राष्ट्रपतिबाट मनोनीत एक सहित एमालेबाट ११ जनाको उपस्थिति रहेको छ ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा सरकारको पक्षमा राष्ट्रिय सभामा २८ जना सदस्यको मात्र समर्थन हुन्छ । जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

अब संसदीय दलको बैठक बसेर दलले निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सभामुखलाई चिठी पठाउने नेताहरुले बताएका छन । अब जसपा संसद्को प्रतिपक्ष बेन्चमा बस्ने र रचनात्मक प्रतिपक्षको भूमिका निभाउने बताइएको छ ।

संविधान संशोधन, सुशासन, भ्रष्ट्राचारको अन्त्य र आर्थिक संवृद्धि गरी ४ वटा एजेण्डा ल्याउन भनेपनि सरकारले पहल नगरेको पार्टीको ठहर छ ।

धेरै पढिएको