२५ असार २०८२, बुधबार
Follow Us

बेलफास्टको सिनेवर्ल्डमा ‘उनको स्वेटर’ को विशेष प्रदर्शन हुने

नेपालब्रिटेन संवाददाता
१२ असार २०८२, बिहीबार १९:३५

बेलफास्ट । नेपाल तथा विदेशमा अत्यधिक रुचाइएको नेपाली कथानक चलचित्र ‘उनको स्वेटर’ को विशेष प्रदर्शन आउँदो साउन १४ गते (जुलाई ३०) का दिन उत्तरी आयरल्याण्डको बेलफास्टस्थित सिनेवर्ल्ड हलमा हुने भएको छ।

कार्यक्रमको संयोजन बेलफास्टमा बसोबास गर्ने युवतीहरू आयुषा कंडेल र गौरी सापकोटा द्वारा गरिएको हो। संयोजक कंडेलका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ भने अर्की संयोजक सापकोटाले दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने विश्वास व्यक्त गरेकी छन्।

चलचित्रमा वरिष्ठ कलाकार विपिन कार्की, मिरुशा मगर, प्रिन्स एलेक्स, परिक्ष्या लिम्बू लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रको निर्देशन नविन चौहानले गरेका हुन्।

चलचित्रको अन्तर्राष्ट्रिय वितरण सात सागर फिल्म इन्टरनेसनलले गरेको हो भने बेलायतमा प्रचार–प्रसार र व्यवस्थापनको जिम्मा पापाराज्जी नेपालले लिएको छ। कार्यक्रमको सामाजिक सञ्जाल साझेदारका रूपमा नेपालीज इन यूके रहेको बताइएको छ।

नेपाली चलचित्रहरू कमै मात्र बेलफास्टमा प्रदर्शन हुँदै आएका सन्दर्भमा ‘उनको स्वेटर’ को यो प्रदर्शनलाई एक सांस्कृतिक उत्सवका रूपमा लिइएको संयोजक गौरी सापकोटाले जानकारी दिइन्।

यसैबीच, अन्य युकेस्थित शहरहरूमा पनि चलचित्र प्रदर्शनको तयारी भइरहेको पापाराज्जी नेपाल लिमिटेडका निर्देशक रविन भारतीले जानकारी दिएका छन्।

धेरै पढिएको