२४ असार २०८२, मंगलवार
Follow Us

पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा उपस्थित

नेपालब्रिटेन संवाददाता
१९ असार २०८२, बिहीबार ०६:५३

काठमाडौँ । पत्रकार दिलभूषण पाठक साइबर अपराध र घृणा फैलाएको आरोपमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो। अब उनको मुद्दामा थुनछेक बहस हुनेछ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा चलाइएको हो। हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेर गलत टिप्पणी गरेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो।

उच्च अदालतले ५ असारमा पाठकलाई पक्राउ नगर्न आदेश दिएपछि प्रहरीले पक्राउ नगरी मुद्दा दायर गरेको थियो ।

धेरै पढिएको