२८ असार २०८२, शनिबार
Follow Us

एनआरएनए सदस्यता उत्साहजनक

नेपालब्रिटेन संवाददाता
२० असार २०८२, शुक्रबार ०९:५८

गैरआवासीय नेपाली संघ (NRNA) ले २०२५–२०२७ कार्यकालका लागि सदस्यता विवरण अद्यावधिक गर्दै ४ जुलाई २०२५ सम्मको तथ्यांक सार्वजनिक गरेको छ। हालसम्म कुल ६०,४८१ जना सदस्यता स्वीकृत भइसकेका छन् भने थप ४,९६७ नयाँ आवेदनहरू स्वीकृतिको प्रक्रियामा रहेका छन्। सदस्यता संकलनमा जापान सबैभन्दा अगाडि रहेको देखिएको छ, जहाँबाट १८,४३५ सदस्यता स्वीकृत भएका छन्। अष्ट्रेलियाबाट १५,५५१ सदस्यता स्वीकृत भएका छन् भने क्यानडा र अमेरिकाबाट क्रमशः ५,४६० र ४,९८८ सदस्यता स्वीकृत भएका छन्। यस्तै, संयुक्त अधिराज्य (यूके) बाट ३,५०८, साउदी अरेबियाबाट ३,१२७, युएईबाट १,७२१ र आयरल्यान्डबाट १,४०२ सदस्य रहेका छन्।

क्षेत्रगत आधारमा हेर्दा, एशिया प्यासिफिक क्षेत्रबाट सबैभन्दा धेरै १९,४८५ सदस्य रहेका छन्, जसमा जापानको योगदान नै १८,४३५ रहेको छ। ओसिनिया क्षेत्रबाट १६,५३४ सदस्य, अमेरिका क्षेत्रबाट १०,४४८, युरोप क्षेत्रबाट ८,३१४, मध्यपूर्व क्षेत्रबाट ५,१०९ र अफ्रिका क्षेत्रबाट ५८७ सदस्य रहेका छन्। प्रतिशतका आधारमा एशिया प्यासिफिक क्षेत्रको सहभागिता ३२.२%, ओसिनियाको २७.३%, अमेरिकाको १७.३%, युरोपको १३.७%, मध्यपूर्वको ८.४% र अफ्रिकाको १.०% रहेको छ।

संघले सदस्यता प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले Smart NRNA मोबाइल एप सञ्चालनमा ल्याएको छ, जसले सदस्यता आवेदन तथा व्यवस्थापन प्रक्रियालाई सहज बनाएको छ। हालसम्म ५४ वटा राष्ट्रिय समन्वय परिषद् (NCC) MIS प्रणालीमा आबद्ध भइसकेका छन् । जापान, अष्ट्रेलिया, साउदी अरेबिया, आयरल्यान्ड लगायतका देशहरूमा सदस्यता वितरण सम्पन्न भइसकेको छ। संघले बाँकी परिषद्हरूका सदस्यता आवेदन स्वीकृति पछि सदस्य संख्यामा अझ वृद्धि हुने अपेक्षा गरेको छ।

धेरै पढिएको