लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी अध्यक्ष पदका लागि गोविन्द खरेलले उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको जुलाई अन्तिम साता हुने निर्वाचनमा उनले औपचारिक रूपमा प्रतिस्पर्धा गर्ने बताएका छन्।
एनआरएनए यूकेको उपाध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालिसकेका खरेल अहिले महासचिवको भूमिकामा छन्। उनले आफ्नो अनुभव, व्यक्तिगत इच्छा र वर्तमान कार्यसमितिको आग्रहका आधारमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए।
शैक्षिक पृष्ठभूमिमा खरेलले आइटी, मार्केटिङ एन्ड बिजनेसमा एमएस्सी तथा जनप्रशासन र तथ्यांकशास्त्रमा डिग्री प्राप्त गरेका छन्।
खरेल सन् २०१९–२१ कार्यकालमा इंग्ल्याण्ड राज्य समन्वय परिषदका सचिव निर्वाचित हुँदै पहिलोपटक एनआरएनए यूकेको कार्यकारी भूमिकामा आएका थिए। उनले उक्त सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। सन् २०२१–२३ कार्यकालमा उनी संघको उपाध्यक्षमा निर्वाचित भएका थिए।
खरेलले आगामी हप्ता एक पत्रकार सम्मेलनमार्फत आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेका छन्।
संघको निर्वाचन यही जुलाई २६ मा हुने तय भएको छ। यसअघि अध्यक्षमा राजेन्द्र पुडासैनी, उपाध्यक्षमा डा. रक्षा थापा र महासचिवमा पुन्य रेग्मीले उम्मेदवारी घोषणा गरिसकेका छन्।