२४ असार २०८२, मंगलवार
Follow Us

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

नेपालब्रिटेन संवाददाता
२२ असार २०८२, आईतवार ०५:४७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी छ । गत सोमबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको छ ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गर्ने एजेन्डा छ ।

केन्द्रीय सदस्यहरुले सम्बोधनका क्रममा सरकारका पार्टीको भूमिका प्रभावकारी नभएको, नेतृत्वकै कारण भ्रातृ संस्थाको अधिवेशन हुन नसकेको गुनासो गरेका छन । महाधिवेशन निर्धारित समयमै हुनुपर्ने माग पनि तिब्र रुपमा उठेको छ ।

धारणा राख्ने क्रम आजपनि जारी रहनेछ । केन्द्रीय सदस्यहरूले धारणा राखेपछि सभापति देउवाले जबाफ दिनेछन ।

धेरै पढिएको