२४ असार २०८२, मंगलवार
Follow Us

कुलिङ पिरियड छेडखानीमा औपचारिक छानबिन सुरु

नेपालब्रिटेन संवाददाता
२४ असार २०८२, मंगलवार १३:४८

काठमाडौँ। सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको विशेष समितिको पहिलो बैठकमा उपस्थित भइ सभामुख घिमिरेले क्षेत्राधिकारभित्र रहेर समय अवधिभित्रै प्रतिवेदन दिने विश्वास व्यक्त गरेका समिति संयोजक जीवन परियारले जानकारी दिए ।

सिंहदरवारभित्रै समितिको सचिवालय रहने र समितिले दिएको क्षेत्राधिकारमा रहेर जिम्मेवारी पुरा गर्न काम सुरु गरिसकेको उनले बताए ।

सचिवालयका लागि संसद सचिवालयबाट सचिव, उपसचिव र कर्मचारीको व्यवस्थापन भएको उनले जानकारी दिए ।

संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सोमबार प्रतिनिधि सभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

धेरै पढिएको