९ भाद्र २०८२, सोमबार
Follow Us

६ महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

नेपालब्रिटेन संवाददाता
२६ असार २०८२, बिहीबार १०:२५

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ।

महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाउने टुंगो भएको वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ।

महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ। तर मेयर शाहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन‍्। ६ महिनापछि भोलि बस्ने भएको हो।

आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्षले मेयर शाहसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए।

मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा कुनै हालतमा बैठक नराख्ने अडान लिएका थिए।

 

धेरै पढिएको