बेलायतको गर्मी मौसमको अवसर पारेर कोभेन्ट्री नेप्लिज लायन्स क्लबले सामूहिक पारिवारिक मनोरञ्जन भ्रमण कार्यक्रम आयोजना गरेको थियो। यही १२ तारिखका दिन कोभेन्ट्रीका नेपाली परिवारहरूले दुईवटा बसमार्फत बेलायतकै प्रसिद्ध समुद्री किनारमा एकदिने रमणीय भ्रमण सम्पन्न गरेका थिए।
क्लबका अध्यक्ष गोविन्द सापकोटाका अनुसार समाजका सबै सदस्यहरूलाई मनोरञ्जन प्रदान गर्दै आपसी सामाजिक आत्मीयता सुदृढ गर्नु क्लबको प्रमुख उद्देश्य हो। उक्त कार्यक्रममा झन्डै १२० जना सहभागी भएका थिए।
कोभेन्ट्री लायन्स क्लब गठन भएको केही महिना मात्र भएको भए पनि क्लबका सदस्यहरूले यसअघिसम्म थुप्रै सामाजिक तथा सेवामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएका छन्।