काठमाडौं – गैरआवासीय नेपाली संघ (NRNA) ले आफ्ना समसामयिक विषयवस्तुहरूबारे जानकारी गराउने उद्देश्यले आगामी १३ जुलाई २०२५ (आइतबार) मा पत्रकार सम्मेलन गर्ने भएको छ।
संघको सचिवालय बालुवाटारमा हुने उक्त पत्रकार सम्मेलन दिउँसो २:०० बजे (नेपाली समयअनुसार) सुरू हुनेछ। कार्यक्रममा संघका पदाधिकारीहरूले हालका गतिविधि, नीतिगत विषय र आगामी योजनाबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने छन्।
गैरआवासीय नेपाली संघले सम्पूर्ण पत्रकार महानुभावलाई उक्त कार्यक्रममा सहभागी भई प्रत्यक्ष जानकारी लिन अनुरोध गरेको छ।