३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए यूके अध्यक्षमा तीन उम्मेदवार कायम, भण्डारीले उम्मेदवारी फिर्ता लिए

नेपालब्रिटेन संवाददाता
३१ असार २०८२, मंगलवार १८:१७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी कायम रहेको छ।

निर्वाचन समिति सदस्य सचिव श्याम लुइँटेलका अनुसार, निर्वाचन समितिले तोकेको समयसीमा अनुसार कासीराम भण्डारीले मंगलबार साँझ ७ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

भण्डारीको उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदमा अब राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेलको उम्मेदवारी कायम रहेको छ।

यसअघि खत्री, खरेल र भण्डारीबीच एक जना मात्र उम्मेदवार बन्ने सहमति प्रयास भएको थियो।

निर्वाचन समितिका अनुसार, हाल दुई जना उम्मेदवारमाथि दाबी–विरोध परेको छ भने अन्य पदका उम्मेदवारहरू मध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट हुँदैछ।

धेरै पढिएको