३ श्रावण २०८२, शनिबार
Follow Us

एनआरएनए अमेरिकाको निर्वाचन तयारी पूरा, शुक्रबार मनोनयन दर्ता हुने

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८२, शनिबार ०३:५२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

निर्वाचन समितिको तर्फबाट शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा संघको आगामी निर्वाचनका लागि उम्मेदवारी (मनोनयन) दर्ता यही शुक्रबार हुने जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अनुप श्रीवास्तवले संस्थाको हितका लागि गुट-उपगुट नहेरी स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरे। उनले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा ढुक्क रहन पनि आग्रह गरे।

त्यस अवसरमा एनआरएनए अमेरिका संयोजक बेद बस्नेतले संघको विधानअनुसार जुलाई महिनाभित्र अनिवार्य रूपमा निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामाथि शंका नगर्न अनुरोध गरे।

निर्वाचन समितिका सदस्य–सचिव रविन बज्राचार्यले निर्वाचन कार्यतालिका प्रस्तुत गर्दै मनोनयन दर्ता यही शुक्रबार हुने जानकारी दिए।

पत्रकार सम्मेलनमा समितिका अन्य सदस्यहरू पूर्ण बानियाँ, छत्र गुरुङ लगायतले पनि निर्वाचनको तयारीबारे जानकारी दिएका थिए।

एनआरएनए अमेरिकाको निर्वाचन आगामी साता अनलाइन माध्यमबाट हुने तय भएको छ।

धेरै पढिएको