३ श्रावण २०८२, शनिबार
Follow Us

एनआरएनए एकता : महेश श्रेष्ठ र डा. बद्री केसीबीच गोप्य वार्ता !

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८२, शनिबार १८:४८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद मिलाउने पहल सुरु भएको छ।

संघका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठबीच शुक्रवार काठमाडौंमा भएको गोप्य भेटपछि संस्थाभित्र एकताको आशा पलाएको हो।

भेटका क्रममा अध्यक्ष डा. केसीले संस्थाको दीर्घकालीन हितका लागि आफू लचिलो भएर अगाडि बढ्न तयार रहेको बताएका थिए। उनले संस्थाको एकता वैधानिक प्रक्रिया अपनाएर खोजिनुपर्ने तर्क पनि राखेका थिए।

श्रेष्ठले भने डा. केसीलाई पुरानो अडान छोडेर लचिलो हुन सुझाव दिएका थिए। नेपालब्रिटेन डट कमसँग कुरा गर्दै श्रेष्ठले डा. केसीसँग हालसम्म चार पटक अनौपचारिक भेट भएको पुष्टि गरे। उनका अनुसार आइतवारको भेटमा डा. केसी अघिल्ला भेटहरूभन्दा बढी लचिलो देखिएका थिए।

भेटमा दुबै नेताले राष्ट्रिय समिति निर्वाचनमा देखिएको विवादप्रति चिन्ता व्यक्त गरे। उक्त वार्तामा संघका महासचिव गौरीराज जोशी पनि उपस्थित थिए।

विश्वस्त स्रोतका अनुसार डा. केसी र श्रेष्ठबीच संस्थाको बृहत्तर हितका लागि आगामी दिनमा वार्ता र भेटघाटलाई निरन्तरता दिने सहमति भएको छ।

धेरै पढिएको