लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको अध्यक्षमा राजेन्द्र तामाङ सर्वसम्मत चयन भएका छन्। संघको आठौं राष्ट्रिय महाधिवेशन शनिवार स्टकहोल्ममा सम्पन्न भएको हो। उक्त महाधिवेशनले अध्यक्षसहित पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
स्वीडेनको राजधानी स्टकहोल्ममा १९ जुलाईका दिन सम्पन्न महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए स्वीडेनका पूर्व अध्यक्ष चिरन्जीवी खरेल, पूर्व अध्यक्ष तथा वर्तमान आईसीसी सदस्य राजकुमार पाठक, पूर्व अध्यक्ष तथा आईसीसी सदस्य दिनेश श्रेष्ठ, सल्लाहकार डा. दीपराज थापा, आठौं पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका पर्वतारोही पेमा शेर्पा, नेपाल मण्डपका अध्यक्ष सुबास अधिकारी, स्थापक अध्यक्ष नबिन थपलिया र पूर्व अध्यक्ष अर्जुन श्रेष्ठ, एनआरएनए स्वीडेनका पूर्व अग्रज, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। महाधिवेशनपछि नव-निर्वाचित अध्यक्ष तामाङले सबैको विश्वासप्रति आभार प्रकट गर्दै स्वीडेनस्थित नेपाली समुदायको हितमा प्रतिबद्धतापूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन्।
नवगठित समितिमा गंगा प्रसाद घिमिरे (स्टकहोल्म) आईसीसी सदस्य रहेका छन्। अन्य पदाधिकारीहरू यस प्रकार छन्:
१) अध्यक्ष – राजेन्द्र तामाङ (Stockholm)
२) उपाध्यक्ष – डा. दीपराज थापा (Skövde)
३) महासचिव – रिना ढकाल (Stockholm)
४) सचिव – लोकेश ढकाल (Malmö)
५) कोषाध्यक्ष – शत्ति लामा (Stockholm)
६) युवा संयोजक – उत्कृष्ट खरेल (Stockholm)
७) महिला संयोजक – अञ्जना गिरि (Stockholm)
८) सदस्य – अशोक खड्का (Stockholm)
९) सदस्य – दीपक पौडेल (Stockholm)
१०) सदस्य – भक्ति अर्याल (Stockholm)
११) सदस्य – पार्वती धिताल कडेल (Stockholm)
१२) सदस्य – विमानसिंह तामाङ (Stockholm)