४ श्रावण २०८२, आईतवार
Follow Us

लस एन्जलसको हलिउडमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०८२, आईतवार ०२:२०

अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

पूर्वी हलिउडमा सय भन्दा बढी उद्धारकर्मीहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छन् । घाइतेमध्ये तीन जनाको स्वास्थ्य अवस्था निकै गम्भीर छ । ६ जनालाई गहिरो चोट लागेको र अन्य १९ जना सामान्य घाइते भएका अग्नि विभागले जनाएको छ ।

यसअघि अधिकारीहरूले चारदेखि पाँच जनाको अवस्था गम्भीर रहेको उल्लेख गरेका थिए । एबिसी न्यूजले विभागका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “प्रारम्भिक अनुसन्धानमा एक चालक सवारी साधन चलाइरहेको समयमा बेहोस भएको र रात्रि क्लबबाहिर ठूलो भीडलाई ठक्कर दिएको देखिएको छ । यद्यपि, यो तत्काल पुष्टि हुन सकेको छैन ।

यो घटना भएको क्षेत्र सूर्यास्त बुलेवार्ड र वाक अफ फेमजस्ता हलिउड स्थलहरूको नजिक रहेको छ ।

धेरै पढिएको