लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय सचिवालयले डेनमार्क राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आगामी निर्वाचनका लागि भुवनध्वज थापालाई संयोजक नियुक्त गरेको छ। यसअघि संघले दिएको आबद्धता फिर्ता लिएर नयाँ निर्वाचन समिति गठन भएको हो ।
संघले जुलाई १७ मा पठाएको औपचारिक पत्रमार्फत थापालाई संयोजक तोकेको हो। निर्वाचन समिति सदस्यमा राम श्रेष्ठ र डा। शिशिर क्षेत्रीलाई चयन गरिएको छ।
गैरआवासीय नेपाली संघको विधानअनुसार सबै राष्ट्रिय समन्वय परिषद्हरूले हरेक दुई वर्षमा निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ।