६ श्रावण २०८२, मंगलवार
Follow Us

एनआरएनए जापान निर्वाचनः ८ आइसीसी सदस्य सर्वसम्मत

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८२, मंगलवार ११:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) मा प्रतिनिधित्व गर्ने सदस्यहरू सर्वसम्मत चयन भएका छन्।

पत्रकार शान्ता पहारीका अनुसार ९ जनाको उम्मेदवारी परेकोमा ८ जना उम्मेदवार सहमतिमा चयन भएका हुन्।

सर्वसम्मत रुपमा चयन भएका आईसीसी सदस्यहरूमा राजकुमार अधिकारी, शिवहरी पौडेल, सुमन कार्की, टिकाराम कंडेल, कृष्ण केसी, रामबहादुर खत्री (अर्जुन), यदुराम सापकोटा र रामबहादुर थापा रहेका छन्।

त्यस्तै, लेखा संयोजकमा सचिन श्रेष्ठ पनि सर्वसम्मत चयन भएको एनआरएनए एशिया क्षेत्रीय उपसंयोजक दीपक कार्कीले जानकारी दिए।

यद्यपि, निर्वाचन समितिले यी चयन भएका सदस्यहरूको नाम औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।

धेरै पढिएको