काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २१०० रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २१०० रुपैयाँले बढेर १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला २३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।