अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग बहुप्रतिक्षित व्यापार सम्झौता भएको घोषणा गरका छन् । अमेरिकी आयातकर्ताहरूले अमेरिकामा निर्यात हुने जापानी वस्तुहरूमा १५ प्रतिशत पारस्परिक कर तिर्ने सम्झौता भएको उनले बताएका हुन् ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी पनि गर्ने पनि राष्ट्रपति ट्रम्पले बताए । सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्ने भन्दै जापानसँगको सम्झौता सबैभन्दा ठूलो भएको उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा उल्लेख गरेका छन् ।
जापानका शीर्ष व्यक्तिहरूसँग लामो र कठिन मिहिनेतपछि सम्झौता भएको ट्रम्पले बताएका छन् । ट्रम्पले अमेरिकाले यो सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने बताए । लगानीहरू कसरी हुने र नाफा कसरी गणना गर्ने भन्ने राष्ट्रपतिले स्पष्ट पारेका छैनन् ।
जापानले कार र ट्रक, चामल तथा केही अन्य कृषि उत्पादनहरूसहित व्यापारका लागि आफ्नो ढोका खोल्ने विश्वास समेत ट्रम्पको छ ।