काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर दुई हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार दुई हजार ३५० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।