भक्तपुर । भक्तपुरमा दुई किशोरी मृत फेला परेका छन् ।मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एक घरमा बिहीबार बिहान दुई किशोरी मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु कोठाको प्सोजमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।
भक्तपुर प्रहरी परिसरका प्रवक्ता सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल छन् ।
न्यौपानेका अनुसार उनीहरु सहोदर दिदीबहिनी हुन् । उनीहरु झुण्डिएकै घरमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । डिएसपी न्यौपानेले घटनाबारे थप छानबिन अघि बढाइएको बताए ।