९ श्रावण २०८२, शुक्रबार
Follow Us

स्पेनको इग्ल्यान्डसँग उपाधि भिड्न्त आइतबार

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८२, बिहीबार ०५:४३

लन्डन । स्पेन महिला युरोको फाइनलमा पुगेको छ । स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै महिला युरोको फाइनल यात्रा तय गरेको हो । आइटाना बोनमटीले गरेको एक मात्र गोलको मद्दतले स्पेन उपाधि नजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ज्युरिचमा भएको खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला बेल डेओर विजेता बोनमटीले १ सय १३ औँ मिनेटमा निर्णायक गोल गरेकी हुन् ।

युरोको कीर्तिमानी आठ पटकको च्याम्पियन जर्मनी स्पेनसँग पहिलो पटक हारेको हो । अब उपाधिको भीडन्तमा उसले इंग्ल्यान्डको सामना गर्नेछ । स्पेनले जर्मनीलाई महिलाको अन्तर्राष्ट्रिय फुटबलमा हराएको यो नै पहिलो पटक हो । अब उसले पहिलो पटक आईतबार युरोको फाइनल पनि खेल्नेछ । फाइनल बासेलमा हुनेछ ।

धेरै पढिएको