९ श्रावण २०८२, शुक्रबार
Follow Us

एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर, ५५ लाख आर्थिक संकलन

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८२, बिहीबार १५:४४

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ।

सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।

अभियान थालेको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर पार्टीको रेकर्डमा आइपुगेको रास्वपाका नेता प्रमोद न्यौपानेले बताए। उनका अनुसार अहिले सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभर वडा तहमा चलाइरहेको छ।

विदेशमा पनि हस्ताक्षर अभियान चलिरहेको भन्दै अभियान केही लामो समयसम्म चल्ने देखिएको बताए। अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको उनले बताए।

धेरै पढिएको