९ श्रावण २०८२, शुक्रबार
Follow Us

एनआरएन यूके निर्वाचन: ३ आइसीसी सदस्य पदका लागि ४ उम्मेदवारबीच प्रतिस्पर्धा

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८२, बिहीबार १९:१२

लन्डन, जुलाई २४ — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य पदका लागि आगामी शनिबार (जुलाई २६) हुने निर्वाचनमा ३ स्थानका लागि ४ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

आइतबार सम्पन्न मनोनयन दर्ता अनुसार विष्णु खरेल, देउमान इजम, टुंगा भुसाल र छविलाल अर्यालले आइसीसी सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

विष्णु खरेल यूकेमा रेष्टुरेन्ट व्यवसायमा सक्रिय छन्। देउमान इजम लिभरपुल निवासी हुन् र भूपू गोर्खा समुदायको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन्। टुंगा भुसाल प्रवासी नेपाली मञ्च बेलायतका पूर्वअध्यक्ष हुन् भने छविलाल अर्याल स्कटल्याण्डबाट उम्मेदवार बनेका हुन्।

गैरआवासीय नेपाली संघको विधान अनुसार तीन हजारभन्दा बढी दर्ता सदस्य संख्या पुगेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा ३ जना आइसीसी सदस्य निर्वाचित गर्न सकिने व्यवस्था छ।

एनआरएनए यूकेको निर्वाचन समितिका अनुसार अनलाइन मतदान जुलाई २६ शनिबार बिहान १२ बजे (मध्यरात) देखि सुरु हुनेछ। निर्वाचनप्रति सदस्यहरूमा उच्च चासो देखिएको छ भने उम्मेदवारहरू आ-आफ्ना अभियानमा सक्रिय देखिएका छन्।

धेरै पढिएको