१० श्रावण २०८२, शनिबार
Follow Us

भारत र बेलायतबीच बहुप्रतिक्षित व्यापार सम्झौता

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८२, शुक्रबार ०५:४५

भारत र बेलायतबीच बहुप्रतिक्षित व्यापार सम्झौता एफटीए भएको छ । तीन वर्षको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री मोदीले सम्झौतालाई साझा समृद्धिको योजना बताउँदै भारतीय वस्त्र, जुत्ता, गहना, समुद्री खाना, इञ्जिनियरिङ्ग र प्रशोधित कृषि वस्तुहरू बेलायती बजारमा अब अझ सजिलै पुग्ने बताएका छन् ।

सम्झौताले भारतका किसान, माछा पालन व्यवसायी तथा साना उद्योगहरूलाई विशेष लाभ दिने बताइएको छ । सम्झौतापछि बेलायतबाट भारतमा आउने वस्तुहरूमध्ये ह्विस्की, चकलेट, बिस्कुट, मासु, कार, एअरोस्पेस उपकरण, मेडिकल डिभाइसहरूमा अब कर घट्ने बताइएको छ ।

सम्झौताबाट आफ्ना अर्थतन्त्रमा वार्षिक ४ दशमलव ८ अर्ब पाउन्डको योगदान हुने बेलायतले जनाएको छ । भारतले सन् २०३० सम्म १ ट्रिलियन डलर बराबरको निर्यात गर्ने लक्ष्य राखेको समाचारमा उल्लेख छ ।

धेरै पढिएको