११ श्रावण २०८२, आईतवार
Follow Us

एनआरएनए यूके निर्वाचन : साँझ ७ बजेसम्म ७० प्रतिशत मत खस्यो

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०८२, शनिबार १८:४०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको जारी निर्वाचनमा साँझ ७ बजेसम्म ७० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म जम्मा २,५२५ मत खसेका छन्। निर्वाचन व्यवस्थापनको जिम्मा भेरो भोटिङ (Vero Voting) कम्पनीले लिएको हो।

मतदानमा इङ्ल्यान्ड राज्य परिषद्बाट १,२८१, वेल्सबाट ७०, नर्दन आयरल्याण्डबाट ४५ र स्कटल्याण्डबाट १,१३९ जनाले मत खसालिसकेका छन्।

मतदान राति १० बजेसम्म जारी रहनेछ। मतदान सकिएको केही समयमै निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवारसहित केही अन्य पदहरूमा प्रतिस्पर्धा भइरहेको छ।

धेरै पढिएको