लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ। शनिबार राति १० बजे सम्पन्न मतदानमा कुल ३,५०२ मतदातामध्ये ३,०१२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्, जुन कुल मतदाताको ८६ प्रतिशत हो।
निर्वाचन समिति अहिले परिणाम सार्वजनिक गर्ने तयारीमा जुटेको छ। केही बेरमा औपचारिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।