२८ बैशाख २०८१, शुक्रबार
Follow Us

पतञ्जलीको औषधी बजारबाट फिर्ता गर्न निर्देशन

नेपालब्रिटेन डट कम्
९ असार २०७४, शुक्रबार ०७:०९

काठमाडौं । नेपालमा विक्री गरिएका भारतीय योगगुरु रामेदवको कम्पनी पतञ्जलीका केहि औषधीहरु गुणस्तर हिन भेटिएका छन् । औषधी व्यवस्था विभागले ल्याव परीक्षण गर्दा छ प्रकृतीका औषधीहरु गुणस्तर नभएको पाईएपछि ति औसधिहरु बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको बताएको छ ।
पतञ्जलीद्वारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्ण, अश्वगन्धा चूर्ण र अदिब्या चूर्ण औषधीमा कम गुणस्तरको भेटिएको हो । पतञ्जलीले हाल नेपालमा १ सय १० प्रकारका औषधीहरु बिक्री गर्दै आएको छ ।