१२ श्रावण २०८२, सोमबार
Follow Us

एनआरएनए यूकेको प्रवक्तामा श्याम लुइँटेल मनोनयन

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८२, आईतवार २२:१६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रवक्तामा श्याम लुइँटेल मनोनयन भएका छन्।

गैरआवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिको आइतवार बसेको पहिलो बैठकले लुइँटेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो। संघका अध्यक्ष राजेन्द्र पुडासैनी निर्वाचित भएको दिन नै पहिलो बैठक बसेको र त्यस बैठकमा केही महत्वपूर्ण निर्णयहरू गरिएको प्रवक्ता लुइँटेलले जानकारी दिए।

लुइँटेल नेपाल पत्रकार महासंघ, बेलायत शाखाका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। उनी विगत २० वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

धेरै पढिएको