१२ श्रावण २०८२, सोमबार
Follow Us

नाउपाद्वारा रञ्जिता श्रेष्ठविरुद्ध खेद व्यक्त, कारबाहीका लागि राष्ट्रिय भेला बोलाइयो

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८२, सोमबार ०२:१९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध खेद व्यक्त गरेको छ । पोखरास्थित लिची बगैंचाको हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिको नाममा ल्याउन बिचौलियासँग गरेको डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि श्रैष्ठ विवादमा छिन् ।

सोही प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् भने भूमि व्यवस्थामन्त्री अधिकारीमाथि राजीनामाका लागि चौतर्फी दबाब छ ।

नाउपा संरक्षक रेशम चौधरीको अगुवाइमा बसेको बहुमत संस्थापक सदस्यहरुका बैठकले श्रेष्ठप्रति खेद व्यक्त गरेको हो । संस्थापक नेता दामोदर पण्डितको अध्यक्षतामा आइतबार काठमाण्डूको नयाँबानेश्वरमा बसेको बैठकले तत्काल राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ ।

विवादपछि पार्टी बैठक बोलाउन आग्रह गरिए पनि श्रेष्ठले अटेरी गरेको भन्दै बैठकले आपत्ति जनाएको छ । १४ साउनमा बोलाइएको भेलाले श्रेष्ठमाथि कारबाही गर्न तयारी भएको एक नेताले जानकारी दिए ।

भेलाको अध्यक्षता रामलाल डगौरा थारुले गर्ने पनि निर्णयमा छ । श्रेष्ठले श्रेष्ठले आफ्ना विश्वासपात्र पोखराका शिव बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेकी थिइन् । बैठकले त्यसलाई अस्वीकार गरेको छ ।

धेरै पढिएको