१२ श्रावण २०८२, सोमबार
Follow Us

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८२, सोमबार ०२:२०

काठमाडौं । दुई पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको दुई नेताबीचको भेटमा मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको दुवै नेताका सचिवालयले जनाएका छन् ।

दुई पार्टीका अध्यक्षबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।

धेरै पढिएको