१२ श्रावण २०८२, सोमबार
Follow Us

नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैनः वर्षमान पुन

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८२, सोमबार १३:४४

काठमाडौं । पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी विवाद बाहिर ल्याउनु राम्रो नभएको बताएका छन ।

नेकपा माओवादी केन्द्रसँगको भिडियो अन्तर्वार्तामा उपमहासचिव पुनले यस्तो बताएका हुन । उनले पार्टीभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भएको पनि बताएका छन ।

उनले पदाधिकारी, स्थायी समिति बैठकमा अढाई घण्टासम्म पार्टीको कार्यदिशा र नेतृत्वबारे बहस भएको थियो । ‘परामर्श बैठक हुँदै केन्द्रीय समितिमा आइपुग्दा एक खालको एकता पनि पैदा भयो ।

पार्टी रूपान्तरणका लागि व्यवहारमै हेरौँ भनेर हामी ६ महिना अभियानमा गयौँ । यसले जनतामा माओवादी उत्साह पैदा भइरहेको थियो’, उनले भने, ‘पार्टीभित्र पर्याप्त जनवाद, छलफल गर्ने अनि फेरि आफ्नो कुरा बाहिर पनि राख्ने राम्रो भएन ।

यसले पार्टीभित्र अराजकता ल्याउँछ, अनावश्यक गुटबन्दी हुन्छ । नेतृत्वले राम्रो गर्दा राम्रो भन्न सक्नुपर्छ ।’ अर्का उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उनले सबैतिर राम्रो भनिरहेको अवस्थामा नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिचको विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको पनि बताएका छन ।

धेरै पढिएको