पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नंम्बर पाँच खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रकम शिक्षकले नै हिनामिना गरेको आरोप लागेको छ ।
विद्यालयमा अध्यापनरत सुचना प्रविधि विषयका शिक्षक लक्ष्मी धवालले १० लाख भन्दा बढी रकम हिनामिना गरेको विद्यालयको आरोप लगाएको हो । धवलले विद्यालयका प्रधानाध्यापक र लेखापालको समेत हस्ताक्षर किर्ते गरी १० लाख ३५ हजार रुपैयाँ रकम हिनामिना गरेको खुलेपछि प्रहरीमा उजुरी परेको छ ।
ठूलो धनराशिको दुरुपयोग हुँदा विद्यालयले झण्डै ६ महिना पछि मात्रै थाहा पाएर आनुसन्धानको लागी प्रहरी गुहारेको हो । पहिलोपटक राष्ट्रिय वाणिज्य बैंक, कुश्मा शाखाबाट करिब ९० हजार रुपैयाँ, दोस्रोपटक कोटेश्वर, काठमाडौं शाखाबाट आठ लाख ५० हजार रुपैयाँ, र तेस्रोपटक बाँकी रकम ९५ हजार निकालिएको देखिएको छ ।
विद्यालयबाट किटानी जाहेरी प्राप्त भएपछि छानविन भैरहेको प्रहरीले जनाएको छ । आरोपित शिक्षक भने सम्पर्कबिहीन छन् ।