१५ श्रावण २०८२, बिहीबार
Follow Us

१२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८२, बुधबार १३:४५

काठमाडौं । प्रहरीले १२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भएका ४२ वर्षीय सविन उप्रेती रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी सहकारी ऐनअन्तर्गतको ठगीका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

उनले १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई भक्तपुरको दधिकोटबाट पक्राउ गरीएको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

धेरै पढिएको