रमेश खनाल – बार्सिलोना
गैर आवासीय नेपाली संघ (NRNA) स्पेनले २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। संघको नवौं अधिवेशन हालै बार्सिलोनामा सम्पन्न भएको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन्। श्रेष्ठ सन् २०११–२०१३ को कार्यकालमा एनआरएनए सदस्य रहिसकेका छन् भने त्यसपछिका वर्षहरूमा सल्लाहकार, जनसम्पर्क समिति स्पेनका उपाध्यक्ष हुँदै नेतृत्वको विभिन्न भूमिकामा सक्रिय रहँदै आएका थिए।
स्याङ्जाको आधिखोला घर भई नेदरल्यान्डमा उच्च शिक्षा हासिल गरेका श्रेष्ठले स्पेनमा बसोबास गर्ने नयाँ नेपालीहरूका लागि वेटर तालिम, भाषा कक्षा सञ्चालन, भाषा पुस्तक वितरण, खेलकुद कार्यक्रमजस्ता विविध सहयोगी क्रियाकलापहरूमा महत्वपूर्ण भूमिका खेलेका थिए।
अधिवेशन स्पेनका लागि नेपाली राजदूत महामहिम सनिल नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्रमन्त्री डा. रामशरण महतको विशिष्ट आतिथ्यता रहेको थियो।
नवगठित कार्यसमिति (२०२५–२०२७):
अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य: रोशन पाठक
अध्यक्ष: सन्तोष श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष: सुरेन्द्र भुजेल थापा
उपाध्यक्ष (खुला): जमुना देवी शर्मा, दीपक बस्नेत
उपाध्यक्ष (महिला): मालती पन्थ
उपाध्यक्ष (क्षेत्रीय): देवराज सापकोटा
महासचिव: नविन घिमिरे
उप–महासचिव: शुभास बहादुर विष्ट
सचिव (खुला): गणेश राज अधिकारी, प्रवीण लोहार
सचिव (क्षेत्रीय):
दिलकुमारी तामाङ (मड्रिड)
नवराज दुवाडी (कोष्टा ब्लान्का)
कोषाध्यक्ष: नारायण प्रसाद सुवेदी
सह–कोषाध्यक्ष: सुमन खड्का
महिला संयोजक: लक्ष्मी घिमिरे शर्मा
युवा संयोजक: दिपिका श्रेष्ठ
युवा उपसंयोजक: प्रल्हाद कार्की
सदस्यहरू:
मोहनराज गौतम
चन्द्रकान्त पोखरेल
भीमसेन कार्की
विष्णु बहादुर सार्की
सम्भर बहादुर गिरी