गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ । हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको चपेटामा परिरहेका छन् । सहायता वितरण केन्द्रहरूमा इजरायली गोलीबारी भइरहेका खबर आइरहेका बेला हमासले वार्ताबाट अलग हुने निर्णय सार्वजनिक भएको हो ।
यता अमेरिका र इजरायलले हमासलाई खराब नियतले वार्ता गरेको आरोप लगाउँदै वार्ताबाट आफ्ना प्रतिनिधिमण्डल फिर्ता बोलाएको समाचारमा उल्लेख छ ।