१८ पुष २०८२, शुक्रबार
Follow Us

वैदेशिक रोजगार पलायन होइन : श्रम सचिव डा. पुस्कर

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०८२, आईतवार १२:००

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले वैदेशिक रोजगारी पलायन नभएको बताएका छन् ।

आप्रवासन दिवसको पूर्वतयारीका क्रममा आईतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीलाई पलायन भन्ने प्रचलन बढेको उल्लेख गर्दै त्यो गलत र भ्रामक भएको उल्लेख गरे ।

वैदेशिक रोजगारलाई उच्च शिक्षासँग तुलना गर्दै उनले यसलाई प्राविधिक शिक्षाका रुपमा बुभ्नुपर्ने बताए ।

उनकाअनुसार विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीमध्ये पाँच प्रतिशत पनि फर्केर नआउने तथ्यांक शिक्षा मन्त्रालयकै ‘नो अब्जेक्सन लेटर’ (एनओसी) का अभिलेखले देखाउँछ ।

उनले पढ्न जाने ५ प्रतिशत पनि नेपाल फर्कंदैन भने वैदेशिक रोजगारीलाई मात्र किन पलायन भनिन्छ ? भन्ने प्रश्न समेत गरे । उनले वैदेशिक रोजगार पनि हायर एजुकेशन जस्तै भएको उल्लेख गरे ।

रोजगारीमा जाने मान्छेले पैसा, सीप, एक्सपोजर सबै ल्याउने र फर्केर नेपालमै केही गर्न पनि खोज्ने बताए । वैदेशिक रोजगारीलाई पलायनका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई उहाँले शोषक मानसिकता भएको आरोप समेत लगाए ।

माईग्रेसनलाई नकरात्मक रूपमा प्रश्तुत गर्नेभन्दा त्यसलाई व्यवस्थापन, सीप विकास र वैदेशिक अनुभवलाई उत्पादनशीलक्षेत्रमा वापत ल्याउनेतर्फ नीति केन्द्रित हुन आवश्यक रहेको बताए ।

उनले देश विकास र व्यक्तिको क्षमता विकासको लागी पनि माईग्रेसन हुनु जरुरी भएको बताए । माईग्रेसनका कारण नै धेरै मुलुकहरु विकसित भएको उनको दाबी छ ।

उनले सुरुक्षाका लागी माईग्रेट हुने चलन रहेको उल्लेख गरे । नेपालमा यसवर्ष सुरक्षित र मार्यदित आप्रवासन, समग्र चक्रमा सुशासन भन्ने नाराका साथ यो दिवस एक हप्तासम्म मनाईने भएको छ ।

कार्यक्रममा श्रम मन्त्रालयका अधिकारी, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा वैदेशिक रोजगार संवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

धेरै पढिएको