२० श्रावण २०८२, मंगलवार
Follow Us

देउवा सबै दलको अभिभावक बन्न सक्नुपर्छः कोइराला

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८२, शनिबार १४:४८

विराटनगर । कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सबै दलका नेताको अभिभावक भएर प्रस्तुत हुन सुझाएका छन ।
विराटनगरमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै कोइरालाले देउवाजत्तिको अनुभवी र वरिष्ठ नेता नेपाली राजनीतिमा कोही नभएकाले उनले सबै नेतासँग संवाद र समन्वय गर्दै मुलुकका समस्या समाधानमा लाग्नुपर्ने बताए ।

मुलुकमा लोकतान्त्रिक स्थायित्वका लागि कांग्रेस बलियो हुनुपर्ने पनि उनको भनाइ थियो । ‘लोकतन्त्रको पर्याय कांग्रेस हो । कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्र होइन । देश नै कमजोर हुन्छ’, कोइरालाले भने, ‘त्यसैले कांग्रेसलाई युवाबीच लिएर जानुपर्छ । उनीहरूलाई पार्टीप्रति आकर्षित गराउनुपर्छ ।’

पछिल्ला चुनावमा कांग्रेस आफैंभित्रको असहयोग, गुटबन्दी र अहमका कारण हार्नुपरेको बताए । कोइरालाले संगठन बलियो भए पनि मत नझर्ने समस्यालाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए । देउवालाई सत्ता गठबन्धनबाहेकका दलहरूसँग पनि संवाद गर्न र राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरे ।

धेरै पढिएको