२१ श्रावण २०८२, बुधबार
Follow Us

एमालेमा विद्या भण्डारी पक्षमाथि कारबाही तीव्र

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८२, आईतवार ०४:४४

काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका नेता कार्यकर्तामाथि कारबाही तीव्र पारेको छ । पछिल्लो समय पार्टीनिकट खेलकुद महासंघका स्थायी कमिटी हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलामाथि कारबाहीको तयारी गरिएको छ ।

कारबाहीका लागि उनीहरु तीनै जनालाई स्पष्टीकरण सोधिएको छ । महासंघले पार्टी हितविपरीत गतिविधि गरेकाले उनीहरुलाई स्पष्टीकरण सोधिएको जनाएको छ । यस्तै केन्द्रीय अनुशासन आयोगलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

भण्डारीको पक्षमा खुलेको भन्दै यसअघि एमालेले राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि निलम्बन गरेको थियो ।
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले सचिवालय, पोलिट्ब्युरो र केन्द्रीय समितिबाट पार्टीमा फर्कन नदिने निर्णय गरेको थियो ।

पति मदन भण्डारीको जन्मजयन्तीका अवसरमा १४ असारमा राजधानीमा आयोजित एक कार्यक्रममा भण्डारीले पार्टी सदस्यता नवीकरण गरेका र सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन ।

धेरै पढिएको