काठमाडौं । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो ।
सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिडन आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ, उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो ।
प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।