काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चार माध्यम दर्ता, सञ्चालन र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनु संविधानको भावना विपरित भनेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा संविधानले परिकल्पना नगरेको प्रमुख जिल्ला अधिकारीको कार्यालयमा दर्ता, सञ्चालन र नवीकरणको व्यवस्था गरिनु गलत भएको उल्लेख छ ।
संविधानको प्रावधान र संघीय शासन प्रणाली विपरित रहेको ठहर गदैं सरोकारवाला पक्षसँग व्यापक छलफल र परामर्शमा नीति निर्माण गर्ने लोकतान्त्रिक संस्कार र मान्यता विपरित रहेको उल्लेख छ ।
साथै, दर्ता भएका अनलाइन सञ्चार माध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा सरोकारवाला पक्षसँग व्यापक छलफल गरी निष्कर्षमा पुग्न महासंघले सरकारसँग अनुरोध गरेको छ ।