२३ श्रावण २०८२, शुक्रबार
Follow Us

बलात्कारको आरोपमा पाकिस्तानी क्रिकेटर इंग्ल्याण्ड पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८२, शुक्रबार ०६:०१

इस्लामबाद । पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली बलात्कारको आरोपमा इंग्ल्याण्डमा पक्राउ परेका छन् ।

कुरा अगस्त ३ को हो, अहिले यो जानकारी बाहिर आएको छ । टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) को एक हिस्सा हुन्।

गत ३ अगस्टमा उनले क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्ध खेल खेल्दै थिए। त्यसपछि ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको हो । पछि उनी जमानतमा रिहा भए पनि देश छोड्न नपाउने गरी उनको राहदानी जफत गरिएको छ ।

यो घटना सार्वजनिक भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई निलम्बन गरेको छ । रिपोर्टका अनुसार हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का एक प्रवक्ताले भने, ‘हामीलाई गिरफ्तारीको बारेमा जानकारी दिइएको थियो। हैदरलाई अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ, र हामी बेलायतमा आफ्नै अनुसन्धान गर्नेछौं। बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्नेछ।’

धेरै पढिएको