२१ मंसिर २०८२, आईतवार
Follow Us

माधव नेपालको टिप्पणीः ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८२, शुक्रबार १३:०२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सेवा गरेर बसको भए नै उपयुक्त हुने बताएका छन ।

पार्टीको विरुद्धमा बोल्ने र नेकपा एमालेबाट विद्रोहको औचित्य पुष्टि भएन भन्ने अभिव्यक्ति दिने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै सेवा गरेर बसे हुने सल्लाह नेपालले दिएका हुन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका नेपालले यस्तो बताएका हुन ।

अध्यक्ष नेपाल भने, ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो रु विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।’ पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्नुपर्ने र पार्टी अनुशासन पालना गर्नुपर्ने पनि उनले बताए ।

केपी शर्मा ओलीले संविधान विरुद्ध गतिविधि गरेकाले एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएर ठिक गरेको पनि बताएका छन । अध्यक्ष नेपालले भने, ‘कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ । भंग गरेको संसदलाई गफ गरेर पुनस् स्थापना हुँदैन ।

त्यसलाई विधि र प्रक्रियाबाट पुनस् स्थापना गर्न सकिन्छ । तर कस्ता पात्रहरु ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्‍यो । त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ?

कि के गर्नुपर्दथ्यो ?’ नेपालले थपे, ‘ठिक गर्‍यौँ हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।’

धेरै पढिएको