२८ श्रावण २०८२, बुधबार
Follow Us

भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना उद्धार

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८२, बुधबार १५:०२

काठमाडौं । भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ ।

गत असार २५ गतेको रसुवा स्थित भोटेकोशी बाढीले मितेरी पुल बगाएपछि केरुङका होटल तथा पर्यटन क्षेत्रमा बस्दै आएका नेपालीहरुलाई नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा तिब्बतको केरुङबाट नेलाम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका ल्याएको हो ।

सिन्धुपाल्चोक हिमालय सिमापार वाणिज्य संघको सहयोगमा ५ वटा सवारी साधन मार्फत उनिहरुलाई काठमाडौँ पठाईएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।

केरुङमा विभिन्न पेशा गरी बसेको नेपालीहरु बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हाे । बास्ताेलाका अनुसार नेपाल फर्कनेमध्ये धेरै जसाे रसुवा जिल्लाका रहेका छन् ।

धेरै पढिएको