२८ श्रावण २०८२, बुधबार
Follow Us

विदेश पठाउने भन्दै ४ करोड ठगीको आरोपमा एक युवक पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८२, बुधबार १५:०२

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–६ घर भइ हाल काठमाण्डू बुढानिलकण्ठ बस्दै आएका २९ वर्षीय त्रिलोक सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । विदेश पठाउने भन्दै उनले ६६ जनाबाट चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप छ ।

उनी एन.ए.एन. मेरिटाएम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।

धेरै पढिएको