२९ श्रावण २०८२, बिहीबार
Follow Us

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८२, बिहीबार ०५:३०

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले निवेदन पेश गरेका हुन् ।

आन्तरिक विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीका दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएको आयोगले जनाएको छ । संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते छ नम्बरमा र अध्यक्ष रञ्जिता श्रेष्ठले २७ गते २५ नम्बरमा दल दर्ता गरेकी हुन् । आयोगले श्रेष्ठलाई नै अध्यक्षका रुपमा निरन्तरता दिने निर्णय गरेकाले लालवीरलाई अध्यक्ष बनाउने समूहको प्रस्ताव खारेज हुने सम्भावना रहेको छ ।

तराई–मधेशका दलहरुले मोर्चा बनाउने घोषणा गरेपनि छुट्टाछुट्टै निवेदन पेश गरेका छन् । आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म दलहरुबाट आवेदन माग गरेको थियो । निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

निर्वाचन अन्र्तगत असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ । राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएपछि रुपन्देही तीनमा उपनिर्वाचन हुन लागेको हो ।

धेरै पढिएको