१ भाद्र २०८२, आईतवार
Follow Us

सुचारु भयो नारायणगढ–मुग्लिन सडकखण्ड

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८२, आईतवार ०३:४५

भरतपुर । सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट ढुंगा सहितको पहिरो जाँदा आज बिहान सडक अवरुद्ध बनेको थियो ।

सडक डिभिजनबाट २ वटा यान्त्रिक उपकरणले पहिरो हटाई बिहान ८: १० बजे सवारी आवागमन दुवैतर्फ सुचारू भएको सुपरभाइजर ईश्वर क्षेत्री जानकारी दिएका छन् ।

क्षेत्रीले वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध गरेका छन् ।

धेरै पढिएको