लन्डन – एनआरएनए स्कटल्याण्डको आयोजनामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनए आईसीसी, एनआरएनए एनसीसी, विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रमुख संरक्षक काशीराम भण्डारीको सभापतित्वमा आइतबार आयोजित अन्तरक्रियामा एनआरएनए स्कटल्याण्डका अध्यक्ष शेर बहादुर केसीले सबै लाई स्वागत गरे ।
कार्यक्रमलाई एनआरएनए स्कटल्याण्डका सचिव माधव भण्डारीले सञ्चालन गरेको अन्तरक्रियामा इन्जिनियर बिदुर चापागाईं, एनसीसी उपाध्यक्ष उज्ज्वल कार्की लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले गैर आवासीय नेपालीहरुलाई आफु संग रहेको सीप, श्रोत र अनुभव नेपालको विकासमा लगाउन आग्रह गरे। उनले नेपालमा व्याप्त निराशा चिर्न र सुशासन सुनिस्चित गर्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताए। उनली यो अभियानलाई सघाउन सबैलाई अपिल पनि गरे।
“अन्त्यमा सबै समस्याक़ो मूल राजनैतिक नेतृत्वमा निहित हुन आउछ, अहिले भएका पार्टी र कर्मचारी नेतृत्वमा सही व्यक्तित्वको पहिचान खोजी गर्नु पनि यो अभियानको उद्देश्य हो I जहाँ सही नीति र सही नेतृत्वक़ो कमी छ, त्यहाँ यसै अभियानबाट समेत राम्रा नेतृत्वक़ो खोजी गरेर अगाडी बढ़नु पर्दछ,” उनले भने।
एनआरएनए स्कटल्याण्डले यस किसिमका अन्तरक्रियाले प्रवासमा रहेका नेपाली समुदायलाई स्वदेशका विकास गतिविधि तथा नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा ल्याउने विश्वास व्यक्त गरेको छ।
खाडी मुलुक र अमेरिकाको भ्रमण सकेर युके आएका घिसिङले यही २४ अगष्टमा तमु धिं युकेले आयोजना गर्न लागेको नेपाली मेलामा विशेष अतिथिको रुपमा सम्बोधन गर्नेछन्।