४ भाद्र २०८२, बुधबार
Follow Us

उपसभामुखमाथिको आरोप प्रमाणित गर्न प्रधानमन्त्रीलाई रास्वपाको चुनौती

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८२, मंगलवार १३:०६

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामाथि मानव तस्करीको आरोप प्रमाणित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बसेको कांग्रेससँगको बैठकमा उपसभामुख हटाउने प्रस्ताव गरेका थिए । रास्वपाले मानव तस्करीको मुद्दा उठाएर संसदमा विरोध गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले रास्वपामै मानव तस्कर भएको आरोप प्रधानमन्त्रीले लगाएको स्रोतले जानकारी दिएको छ ।

यसबारे प्रतिक्रिया दिँदै रास्वपा उपसभापति डीपी अर्यालले आरोप प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन् । विकसित घटनाक्रमपछि सिंहदरबारमा बसेको विपक्षी दलको बैठक कक्षमा प्रवेश गर्नुअघि उनले भने, ‘उपसभामुख मानव तस्कर भएको प्रमाणित गर्नुस्, हामीले संसद्‍मा उठाएको मानव तस्करको विषय पुष्टि गर्छौं ।’

धेरै पढिएको